मिति २०७४ असार २४ गते शनिवार चुनदेवी सहयाेगी सस्था बाँसवारीका अध्यक्ष्य श्री मुकुन्द प्रसाद अाचार्यको अध्यक्षतामा स‌स्थाका पदाधिकारीहरु र चुनदेवी सहयोगी सस्थाका सदस्य परिवारका महिलाहरुको समेत उपस्थितिमा बसेको कार्य समितिको निर्णयबाट महिलाहरुको स्वास्थ्य, शिक्षा, विभिन्न तालिम, सरसफार्इ, घरको फोहर घरमै व्यवस्थापन गरि मोहर आर्जन गराउन, स्थानिय सरकारबाट महिलाहरुको लागि सन्चालन गर्ने कार्यक्रमहरुमा महिलाहरुलाइ नै सहभागी गराइ महिलाहरुबाट महिलाहरुकै लागि योजना तर्जुमा, कार्यान्वय, अनुगमन आदि कार्य स्वतन्त्र रुपले गराउन,  सामाजिक तथा धार्मिक कार्यमा महिलाहरुको सहभागिता अझ बढाउनको लागि चुनवेदी सहयोगी सस्थाकाे कार्य समिति अन्तरगत उपसमितिकाे रुपमा रहने गरी निम्न महानुभावहरु रहनु भएको ९ सदस्यीय चुनदेवी महिला समाज (चुमस) उपसमिति गठन गरियो । उक्त समितिले चुनदेवी सहयाेगी सस्था परिवारका महिलाहरुको उन्नती, विकास, सामाजिकीकरण, सभ्य समाज निर्माण र समाजका विक्रितिहरु हटाउने कार्यमा महत्वपूर्ण  योगदान दिनेछन् भन्ने अपेक्षा स‍स्थाले गरेको छ । यसमा सस्था परिवारका सवै महिलाहरुलाइ अावद्ध हुन सस्था अनुरोध गर्दछ । ठुलो कुरा होइन सानो कुराबाट र बलजफती हाेइन सभ्य कामबाट सभ्य र सुसम्पन्न समाजको निर्माण हुन्छ भन्ने विश्वास उहाहरुले लिनु भएको छ । सभ्य हुन सिकाउनु भन्दा अगाडि आफू सभ्य हुन र घरकी मुल महिला सभ्य भइन भने साे घरका सवै सभ्य वन्दछन्, घरका सवै सभ्य बने भने समाज सभ्य बन्दछ भन्ने मूल मन्त्र उक्त समाजका महिलाहरुले लिएका छन् । टाेल समाजकाे उन्नती र विकासमा पुरुष र महिला एकजुट भएर अगाडि वढ्ने अठोट चुनदेवी महिला समाजले लिएको छ ।

स‌योजक
१‍ श्रीमती इन्दु बाेगटी
 
सदस्यहरु 
१  श्रीमती यसोदा सुवेदी
२‍ श्रीमती इन्दिरा अाचार्य
३‍ श्रीमती सन्ध्या कुइकेल
४ श्रीमती निता गाैतम
५‍ श्रीमती सम्झना श्रेष्ठ
६‍ श्रीमती शाेभा थापा
७‍ श्रीमती रजनी बराल
८ श्रीमती सुष्मा उपाध्याय