टोलमा मर्दापर्दा आपसी सहयोग जुटाउने र जुट्ने मुख्य उद्देश्य राखेर यस क्षेत्रका वासिन्दा एक जुट भै स्थापना भएको यस संस्थाको सदस्य महानुभावहरु निम्न आचारसंहिता भित्र रहनु पर्ने छ -
-
मृत्यु संस्कारमा सदस्यहरु अनिवार्य उपस्थित हुनु पर्ने ।
-
सकेसम्म धार्मिक र सांस्कारिक कार्यमा सदस्य स्वयं वा जेष्ठ सदस्यनै उपस्थित हुनु पर्ने ।
-
संस्थाले सम्पन्न गर्ने हरेक कार्यक्रममा सम्पूर्ण सदस्य अनिवार्य रुपमा उपस्थित हुनु पर्ने र संस्थाले तोकेको सहयोग पनि अनिवार्य गर्नु पर्ने ।
-
संस्था स्वयंमा मर्यादित निकाय भएकोले त्यहाँ र त्यसले आयोजना गर्ने हरेक कार्यक्रममा मर्यादित र अनुसासित रुपमा उपस्थित हुनु पर्ने ।
-
धार्मिक र सांस्कारिक कार्यहरु जस्ता सदस्य परिवारसंग उपस्थित भै सुख दुःखमा सहभागी हुने स्थान र अनावश्यक स्थान तथा अनावश्यक व्यक्तिसंग संस्थाका क्रियाकलापका विषयमा अनावश्यक विवाद र टिका टिप्पणी गर्न नपाईने ।
-
बहुमतको निर्णय अशन्तोष व्यक्त तथा अनावश्यक कुराकानी र असहयोग गर्न नपाइने ।
-
संस्थाको हित विपरित हुने कृयाकलापहरु गर्न नपाईने ।
-
साधारण सभाबाट पारित नीति, नियम र थप आचारसंहिता पालना गर्नु पर्ने