वसाहाः बाँसबारी धापासी मार्गसंग जोडिएको उत्तर पश्चिम तर्फको पुरानो गल्लि (हाल साइ मार्ग) तथा हालको सडकमा करिव ११० वर्षअघि यस क्षेत्रका तत्कालिन वासिन्दा स्व. शिव प्रताप थापाले वसाहाको चरनको लागि ३ रोपनी जग्गा समेत छोडी सो जग्गाको वीच भागमा वसाहा (साँढे) को स्थापना गरेको पाइन्छ । सोही वसाहा रहेको स्थानमा स्व. जंग बहादुर सिंहका परिवारबाट हालसालै शिब लिङ्गको स्थापना गरि छाना समेत राख्ने कार्य भएको छ । बसाहाको लागि छोडिएको जग्गामा हाल सडक निर्माण भएको छ ।

वसाहा मन्दिर का म पा ३, बाँसवारी