संस्थाको सदस्य शुल्क सम्वन्धी व्यवस्थाः

२०३५ सालमा संस्थाको सदस्यता शुल्क मासिक रु. १०।- प्रति घर परिवारबाट उठाइने गरेको थियो । २०३६ सालमा आएर शुल्क रकमलाई मासिक रु. ५।- कायम गरियो । त्यसपछि संस्थाको कार्यक्रम र खर्चको आधारमा शुल्क घटवढ हुने गरेको थियो । २०५३ सालको साधारण सभाले मासिक रुपमा शुल्क उठाउने कार्य अव्यवहारिक भएको महशुस गरि वार्षिक रुपमा शुल्क उठाउने निर्णय गरे अनुरुप वार्षिक रुपमा शुल्क उठाइने गरेको छ । वार्षिक शुल्क बैशाख मसान्तसम्म बुझाएमा १० प्रतिशत छुट दिने, जेष्ठ १५ गतेसम्म यथावत र जेष्ठ १६ गतेदेखि प्रति महिना रु.१०।- जरिवाना लाग्ने व्यवस्था छ । साधारण सभाको निर्यणबाट वार्षिक सदश्य शुल्क थप घट गर्ने गरिएको छ ।