सामाजिक पक्षमा संस्थाः

यस संस्थाको स्थापनाको मूलध्येय पनि सामाजिक सद्भाव वढाउनु हो । हाल यस संस्थामा बाँसबारी टोलका पुराना वासिन्दाको साथै नयाँ बसोवास गर्नेहरु समेतको सामुहिक सहभागिता   छ । यसरी पुराना र नयाँ वासिन्दावीच हरेक क्षेत्रमा सहयोग र सहभागिता वढाई सामाजिक सद्भावनाको स्थिति सिर्जना गर्नमा यस संस्थाले खेलेको भूमिका नै सामाजिक पक्षमा महत्वपूर्ण मान्न सकिन्छ।