संसारी देवी: वृक्षलाई खडेरी जस्ता दैवी विपत्तीको नाश गर्ने प्रकृति प्रदत्त शक्तिको प्रतीकको रुपमा पूजाआजा गर्ने गर्नाले पानी पर्ने तथा बालीनाली सप्रने जनधारणा अनुरुप पूजाआजा गरिने सन्सारीदेवीको शनिवारको दिन पारी स्थानीय बाँसबारी भित्रकै काउलोको रुखमा पूजा गरिने चलन छ । यो चलन पनि माथि उल्लिखित अन्य देव देवीको पूजा चलनको हाराहारी मै चलेको हो भन्ने भनाइ छ ।

साविकमा चुनदेवी मन्दिरको दक्षिण पश्चिम तर्फठूलो काउलोको बोटमुनी वली समेत दिई पूजा गरिने गरेकोमा उक्त स्थानमा हाल शैनिक आवस क्षेत्र बनेकोले टोलवासी भेला भै पूजाआजा गर्न कठिन भएको हुँदा सम्बद्ध निकायमा पत्राचार गरि नेपाल सरकारको निर्णय अनुसार उपलव्ध गराएको जग्गामा वि स २०६४ देखि चुनदेवी मन्दिरको ठीक पश्चिम वुढानिलकण्ठ जाने सडकको पूर्व तर्फ स्थानमा स्थानान्तरण गरि सन्सारी देवीको पूजाको थालनी  गरिएको  छ  ।

     स‌न्सारी देवी पुरानो स्थान                     स‌न्सारी देवी नयाँ स्थान