हालसम्मको गतिविधि
माथिनै पृष्ठभूमि खण्डमा संस्थाको क्रियाकलाप सम्वन्धमा पनि केही उल्लेख भै सकेको छ । शुरुमा सीमित कार्यमा केन्द्रीत रहेको संस्थाले औपचारिकरुपमा सम्वन्धित निकायमा दर्ता भै कार्य गर्न थालेदेखि आफ्नो कार्यक्रमलाई साधारण सभाबाट पारित गर्राई वाषिर्क रुपमा विविध कार्यहरु सन्चालन गर्दै आएको छ । आवश्यकता अनुरुप हरेक वर्ष वार्षिक कार्यक्रममा केही भिन्नता भए पनि स्थानीय देवी देवताका पूजाआजा, सरसफाई, मर्मत संभार, मठ-मन्दिर निर्माण, सांस्कृतिक सम्पदताहरुको संरक्षण, आदि र धार्मिक कृत्य जस्ता प्रत्येक वर्षगरिने कार्यहरुको साथै नयाँ विकास निर्माणका क्षेत्रमा समेत संस्थाको संलग्नता बढेको छ ।
यसैगरी यस संस्थाले आफ्ना कार्य सन्चालनमा एकरुपता र सरलता ल्याउन बिधानको अधिनमा रही "चुनदेवी सहयोगी संस्था नियमावली, २०४७" तयार गरी लागु गरेको छ । खासगरी सोही नियमावलीमा तोकिए अनुसार र समय समयमा साधारण सभाले निर्दिष्ट गरेका नीति नियम भित्र रही आफ्ना दैनिक कार्य सन्चालन गर्ने गरेको छ ।
१ संस्थाले हालसम्म सम्पन्न गरेका कार्यहरु
चुनदेवी सहयोगी संस्थाले हालसम्म निम्नानुसारका कार्यहरु सम्पन्न गरेको छ ।
सामाजिक कार्य
- संस्थाका सदस्य परिवारमा परेको सामाजिक कार्य -विवाह व्रतवन्ध, सप्ताह आदि) मा सदस्यहरु उपस्थित भै सहयोग पुर्याउँदै आएको ।
- संस्थाका सदस्य परिवारहरुको मृत्युमा सदस्यहरु उपस्थित भै दाह संस्कार गर्ने कार्य लगायत आवश्यक घाट खर्चको लागि आर्थिक सहयोग प्रदान गर्दै आएको ।
- संस्था परिवारका घरमा साधारण भोज भतेरको लागि आवश्यक पर्ने भाँडाकुँडा खरीद गरि सहुलियत दरमा भाडामा दिंदै आएको । मृत्यु संस्कारमा बस्ने क्रियापुत्रीको लागि आवश्यक पर्ने राडिपाखीहरु संस्थाका सदस्यहरुलाई निःशुल्क उपलव्ध गराउँदै आएको ।
- विविध कार्यक्रमहरु गरी संस्थाको वाषिर्क उत्सव मनाइँदै आएको ।
- संस्था परिवारका सदस्यहरु सम्मिलित पारिवारिक वनभोज कार्यक्रमको आयोजना गरेको ।
- संस्था परिवारका जेष्ठ सदस्यहरु तथा प्रवेशिका परीक्षा, I.Sc. Nursing उत्तिर्ण हुने संस्था परिवार र सहयोग दाताका छोराछोरीहरु, साहित्यकार, समाजसेवीहरुलाई सम्मान गर्ने कार्यको थालनी गरिएको ।
विकास निर्माण तथा मर्मत कार्यः
- यस क्षेत्रको गाउँकोवीच भागका गोरेटो बाटोहरुमा का.म.पा. ३ वडा कार्यालय र स्थानीय व्यक्तिहरुको सहयोग लिई ढलहरु राख्ने कार्य गरेको ।
- यस बाँसबारी क्षेत्रका गोरेटो बाटोहरुमा का.म.पा. ३ वडा कार्यालय र स्थानीय व्यक्तिहरुको समेत सहयोग लिई इटा छापेको ।
- सार्वजनिक धारा मर्मत गरि सो धारा राख्ने ठाउँ बनाएको ।
- यस बाँसबारी क्षेत्रमा जीर्ण अवस्थामा रहेका मठ मन्दिरहरुको कलात्मक रुपमा पुनः निर्माण र नयाँ निर्माण गरेको ।
- यस क्षेत्रका सास्कृतिक सम्पदाहरुको संरक्षण र व्यवस्थापन गरेको ।
- क्रियापुत्री घर तथा विविध र्सार्वजनिक स्थल निर्माणको लागि साविक २२ क को कि.न. २०५ र सो संग जोडिएको सार्वजनिक जग्गा प्राप्त गरी सो जग्गाको संरक्षण र सो जग्गामा किरियापुत्री भवन महारुद्र शिवालय महानगर ढुङ्गेधारा कामपा र वडा न ३ को सहयोगमा निर्माण गरेको । बाकी कामको लागि ३ न वडा कार्यालयलाई अनुरोध धगरेको ।
धार्मिक कार्य
- परापूर्व कालदेखि सन्चालन हुदै आएको यस क्षेत्रको ५ वटा मन्दिरमा बलीपूजा र सरस्वती मन्दिरमा विना बलिपूजा गर्दै आएको ।
- चतुर्मास पुराणहरु लगाउंदै आएको ।
- कृष्णअष्टमी जस्ता पर्वहरु मनाउंदै आएको ।
- यस क्षेत्रका देव मन्दिरहरुमा दैनिक सरसफाई र पूजाआजा गर्ने गरिएको ।
- लघु रुद्री लगाएको ।
वैदिक कार्य
- सामुहिक व्रतवन्ध कार्यक्रम सन्चालन गरेकाे ।
- सामुहिक रुपमा तीज तथा पंचमी पूजा लगाएकाे ।
वौद्धिक कार्य
- वाषिर्क रुपमा संस्था स्थापना भएको महिनामा विद्यालयस्तरीय कविता प्रतियोगि, चित्रकला प्रतियोगिता गर्ने गरिएको ।
- संस्था सदस्य परिवार भित्रका एस.एल.सि. (SEE) उत्तिर्ण गर्ने विद्यार्थीहरु मध्ये उत्कृष्ट अंक ल्याउने एक छात्र र एक छात्रा मध्ये छात्रालाइृ शान्ति भट्टराई सर्वाेत्कृष्ट छात्रा पुरस्कार, छात्रलाई डा मधुसूदन शर्मा सर्वोत्कृष्टअंक छात्र पुरस्कार र अन्य पुरस्कारहरु प्रदान गर्ने गरिएको यसै गरी नेपाली विषयमा वढी अंक ल्याउने एक जनालाई मुकुन्द इन्दिरा नेपाली भाषा पुरस्कार र सामाजिक विषयमा वढी अंक ल्याउने एकजनालाई उषा थापा स्मृति सामाजिक शिक्षा पुरस्कार विज्ञान विषयमा वढी अक ल्याउने एकजनालाई कुमार नरेन्द्र स्मृति विज्ञान पुरस्कारसहित सवैलाई सम्मान प्रदान गर्ने गरेको ।
जनस्वास्थ्य र सरसफाई कार्य
- काठमाडौँ महानगरपालिकाको सहयोगमा सरसफाई कार्यक्रम सन्चालन गरेको र फोहरहरु एउटा भाँडोमा जम्मा गरि निश्चित स्थानमा फाल्नको लागि प्लास्टिकका वाल्टिनहरु निःशुल्क वितरण गरेको ।
- का.म.पा. कै सहयोगमा तत्कालिन बा“सबारी छालाजुत्ता कारखाना अगाडि रहेको खाली जग्गामा हरियाली वढाउने उद्देश्यले वृक्षरोपण गरि तारवारको लागि पोलहरु गाडेको । (हाल उक्त जग्गामा सहीद गंगालाल हृदय केन्द्रको सवारीसाधन पार्किङ स्थल र सामुदायिक प्रहरीको भवन वनेको) ।
- का.म.पा. कै सहयोगमा यस क्षेत्रमा हरियाली बढाउने उद्देश्यले बाँसबारी स्थित यस टोलको उत्तर पाखोमा वृक्षरोपण गरेको र विभिन्न जातका विरुवाहरु उपलव्ध गर्राई प्रत्येक सदस्य परिवारलाई आफ्नो जग्गामा कम्तिमा २ वटा विरुवा रोप्न अनुरोध गरेको ।
- यस संस्थाले आफ्ना क्रियाकलापमा जनस्वास्थ्य र वातावरण पक्षलाई महत्व दिंदै तदनुरुप विविध कार्यहरु गर्दै आएको ।
शारिरीक कार्यक्रम
- बालदौड प्रतियोगिता सन्चालन गरेको ।
- व्याडमिन्टन प्रतियोगिता जस्ता खेलकूद कार्यक्रम सन्चालन गरेको ।
विभिन्न तालीमहरु तथा महिलाको आर्थिक विकास कार्यक्रम
- यस संस्था र का.म.पा. ३ वडाको संयुक्त आयोजनामा यस क्षेत्रका महिलाहरुको सीप विकास गर्ने उद्देश्यले २ सत्र गरी ४७ जना महिला दिदी वहिनीहरुलाई निःशुल्क सिलाई तालीम प्रदान गरेको ।
- महिलाहरुलाई मासिक रुपमा केही रकम वचतको रुपमा जम्मा गराई उनिहरुको आर्थिक र सामाजिक विकास गर्नको लागि महिलाहरुद्वारा नै सहकारीको रुपमा सन्चालन र व्यवस्थापन गर्ने गरि "चुनदेवी महिला समाज कोष" स्थापना गरि सन्चालनमा ल्याएको र हाल सोही कोषलाई सहकारीमा परिणत गरी चुनदेवी उपभोक्ता सहकारी बनाएको ।
- प्रकोप व्यवस्थापन तालीम प्रदान गरेको ।
- भान्छाबाट निस्कने फोहरहरुलाई गड्यौला प्रयोग गरि कम्पोष्ट मल बनाउने तालीम प्रदान गरेको ।
- ऐतिहासिक "संबिधान सभा सदस्य निर्वाचन २०६४" सम्पन्न गराउनमा बाँसबारी क्लबको खेल मैदानमा रहेको मतदान केन्द्रमा मतदान केन्द्र निर्माण लगायत मतदान सम्पन्न गराउने कार्यमा विशेष सहयोग गरेको ।
सम्मान कार्यक्रम
- यस संस्थाले निर्माण गर्ने कार्यहरुमा आर्थिक तथा भौतिक सहयोग गर्नु हुने सहयोग दाताहरुलाई धन्यवाद-पत्र सहित सम्मान गरेको ।
- यस संस्थाको विकास र संस्थाका प्रत्येक कार्यक्रमहरुमा सहयोग गर्ने सस्था परिवारका सदस्यहरुलाई कदर-पत्र सहित सम्मान गरेको ।
- संस्थाका पूर्व अध्यक्षज्यूहरु र सदस्यहरुलाई उहाँहरुको योगदानको कदर स्वरुप सम्मान-पत्र सहित सम्मान गरिएको ।
- यस संस्थाले धेरै वर्ष अगाडिदेखि संस्था परिवारका जेष्ठ नागरिकलाई (७५ वर्षेदेखि माथिका) सम्मान गर्दै आएको छ । सम्मान कार्यक्रममा सम्मानित हुने जेष्ठ नागरिकहरुलाई थप सम्मान गर्ने उद्देश्यले का.म.पा. ३, ब्रम्हकटेज निवासी तथा यस संस्थाका सम्मानित सदस्य श्री दीपक के.सी.ज्यूले आफ्ना स्व. हजुरबुबा चन्द्र बहादुर (काका) के.सी. र स्व. पिता गजेन्द्र बहादुर के.सी.ज्यूको स्मृतिमा "चन्द्र गजेन्द्र स्मृति जेष्ठ नागरिक सम्मान पुरस्कार" स्थापना गर्नु भएको छ । उक्त पुरस्कार यस संस्थाको वाषिर्क उत्सवको अवसरमा यस संस्था परिवारका जेष्ठ नागरिकहरुलाई प्रदान गरिने छ । यो पुरस्कार चाँदीको सिक्का तथा नगदै प्रदान गरिने छ ।
- महिला फूटबल खेलाडीहरुलाई सम्मान गरिएको ।
- कवि तथा साहित्यकारहरुलाई सम्मान गरिएको ।
- मठ मन्दिर निर्माणमा सहयोग गर्नु हुने सहयोग दाताहरुलाई सम्मान गरिएको ।
- यस सस्थाका सदस्य श्री प्रेम थापाद्वारा स्थापित कुमार गगा खेलकुद पुरस्कारबाट बाँसवारी क्लवका लगायतका खेलाडीहरुलाई सम्मान गर्ने गरिएको ।
- यस सस्थाका सदसय श्री विषम केसी द्वा स्थापित समाजसेवा पुरस्कारबाट यस सस्था परिवार भित्रका समाजसेवीहरुलाई सम्मान गर्ने गरिएको ।
- यसैगरी यस सस्थाका सदस्य मुकुन्द प्रसाद आचार्यद्वा स्थापित मुकुन्द इन्दिरा नेपाली भाषा पुरस्कार रमेश थापाद्वारा स्थापित स्व उषा थापा स्मृति सामाजिक शिक्षा पुरस्कार मैया थापाद्वा स्थापित कुमार नरेद्र स्मृति विज्ञान पुरस्कार भिमादेवी गुरुङ्गद्वारा स्थापित मेट्रोन रुप कुमारी स्मृति नर्सिङ्ग पुरस्कारद्वारा विद्यार्थीहरुलाई सम्मान गर्ने गरिएको ।
- रञ्जुश्री पराजुली र शुष्मा शर्मा भट्टद्वारा स्थापित साहित्य पुरस्कारहरुबाट कविता प्रतियोगितामा प्रथम र द्वितीय हुने कविहरुलाई पुरस्कार प्रदान गर्ने गरिएको ।
विविध कार्यः
- दशैं उपहार कार्यक्रम सन्चालन गरेको ।
- तिहारमा देउसी-भैलो कार्यक्रम सन्चालन गरेको ।