संस्थाको सदस्यता प्राप्तीः
-
कुनै पनि नेपाली नागरिक परिवारले यस संस्थामा सदस्य वन्न चाहेमा निर्धारित फाराम भरी आवेदन दिन सकिने र सो आवेदन उपर संस्थाको साधारण सभाले अनुमोदन गरेमा तोकिएको प्रवेश शुल्क लगायत वाषिर्क शुल्क वुझाई सदस्यता लिन सकिने व्यवस्था छ । यसरी सदस्य वनी सकेपछि यस संस्थाको हरेक क्रियाकलापमा अनिवार्य रुपमा संलग्न हुनु पर्नेछ ।
-
यस संस्थाका सदस्य परिवारहरु मानो छुट्टी वसेमा छुट्टै सदस्यता लिनु पर्ने छ । त्यस्ता परिवारले संस्थाको साधारण सभाले तोकेको प्रवेश शुल्क र वाषिर्क शुल्क वुझाउनु पर्ने छ ।
-
एक परिवारको १ जना मात्र यस संस्थाको सदस्य बन्न पाउने छ ।