बलि शब्द
बलि शब्दको अर्थ उएटा मात्र नभएर अनेक हुन्छ । बलि शब्दको कर, पूजा, उपहार, त्याग र पौराणिक कालका दैत्यका एक राजा आदि अर्थ हुन्छ । देवतालाई दिइने पशुबलि मात्र अर्थ हुँदैन । बलि भनेको त्याग भन्ने नै बुझनुपर्ने हुन्छ । जस्तो हाम्रो समाजमा प्रचलित एउटा भनाइ छ "आफ्ना सन्तानको उज्जल भविष्यको लागि बाबु-आमाले आफ्ना सम्पूर्ण सुखलाई बलि दिएका हुन्छन्" । यस भनाइबाट बलि शब्दको अर्थ त्याग्नु, समर्पण गर्नु वा सुम्पिनु भन्ने स्पष्ट हुन्छ ।